घोरबन्दामा फुटबल जारी, खल्लुकधाराविरुद्ध दमकडाको सँघर्षपूर्ण जीत

पाल्पा | भदौ ९, २०८१

घोरबन्दामा फुटबल जारी, खल्लुकधाराविरुद्ध दमकडाको सँघर्षपूर्ण जीत

पाल्पा:  पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा दमकडाले सँघर्षपूर्ण जीत निकालेको छ ।

 

हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज (आइतबार) भएको खेलमा खल्लुकधारा एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका क्लबका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए ।

 

उनका अनुसार दमकडाको जीतमा म्यान अफ द म्याच घोषित भएका विशाल मल्ले २ गोल गरे । भने, सुदिप थापाले १ गोलको योगदान दिए । यता हार व्यहोरेको खल्लुकधाराको तर्फबाट शुशिल थापाले २ गोल फर्काए ।

 

खेलको पहिलो हाफमै दमकडाका खेलाडी जोन मस्राङ्गीले खल्लुकधाराका खेलाडीलाई फल गरेपछि रेड कार्डको शिकार बनेका थिए ।

 

त्यसपछि दमकडा १० जना खेलाडीमा मात्रै सिमित बन्न पुगेको थियो । 

 

यद्यपी दमकडा खेलमा फर्किदै जीत निकाल्न सफल बन्यो । अब दमकडाले ११ गते हुने न्यू हिमाली युवा क्लब र युनाइटेड युथ एफसीबीचको विजेता टिमसँग आगामी १५ गते प्रतिस्पर्धा गर्नेछ ।

 

 

भोलि (सोमबार) दिउँसो ३ बजे आयोजक नव जागृति युवा क्लब निलो र लुम्बिनी मेडिकल कलेजबीच प्रतिस्पर्धा हुने गाहामगरले बताए ।

 

उनका अनुसार यही २१ गते फाइनल हुने सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित  नगद रु ६०  हजार प्राप्त गर्नेछ ।

 

यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ ।

 

कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 


 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्